कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

  २०७६ चैत २१ गते १०:५८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार (चैत १९ गते) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.