तीन जनाकाे परिवारलाई १५ किलाे र बढी भएकालाई ३० केजी नि:शुल्क चामल वितरण गरिँदै 

  २०७६ चैत २० गते २०:४५     विकासन्युज

काठमाडाैं । काठमाडाैं उपत्यकाभित्रका स्थानीय तहहरुले खाद्यान्न वितरण गर्ने भएका छन् । उपत्यका नगरपालिका फोरम काठमडौंको आज बसेको बैठकले ३ जनासम्मको परिवार र ३ जनाभन्दा माथिको परिवारलाई राहत दिने कोटा तय गरेको हाे ।

जसअनुसार ३ जनासम्मको परिवारलाई १५ किलो चामल र ३ जना भन्दा धेरै भएको परिवारलाई ३० किलो चामल उपलब्ध गराउने निर्णय भएकाे बताइएकाे छ । यस्तै, ३ जनाको परिवारले १ प्याकेट नुन, १ लिटर तेल, चिनी १ किलो, एउटा साबुन पाउनेछन्। ३ जना भन्दा बढी हुने परिवारलाई २ प्याकेट नुन, २ लिटर तेल, २ केजी चिनी, ४ वटा साबुन पाउने भएका हुन् ।

आपूर्ति तथा राहत वितरणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकायसहितको कमिटी गठन गर्ने पनि निर्णय भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.