फेसबुक सम्बन्धी १२ रोचक तथ्यहरु

  २०७६ चैत २० गते १९:११     विकासन्युज

काठमाडाैं । सोशल मिडियाको सबैभन्दा ठूलो नेटवर्क भनेको फेसबुक नै हो । आज धेरै कमको स्मार्टफोनमा मात्र फेसबुकको एप भेटिँदैन होला । सन् २००४ बाट शुरुभएको यो सोसियल साइट छोटो समयमानै निक्कै चर्चित बन्न सफल भइसकेको थियो ।

आज फेसबुक तपाईं हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ । हामीले फेसबुकमा धेरै रोचक कुराहरु हेर्ने र पढ्ने गरेका छौं । तर यो सोशियल साइटकै वारेका रोचक कुराहरु भने तपाईंलाई थाहा नहुन सक्छ ।

यस्ता छन् फेसबुकका १२ रोचक तथ्यहरुः

१. फेसबुकको शुरुवात ४ फेब्रुअरी, २००४ मा भएको थियो ।
२. १९ फेब्रुअरी २०१४ मा फेसबुकले ह्वाट्सएप लाई किनेको थियो ।
३. फेसबुकका फाउण्डर मार्क जुकरबर्ग स्यालरीको रुपमा हरेक वर्ष १ डलर मात्र लिने गर्दछन् ।
४. फेसबुकमा हरेक दिन ३५ करोड भन्दा पनि बढि फोटोहरु अपलोड हुने गरेको छ ।
५. फेसबुकमा हरेक मिनेट १८ लाख भन्दा बढि लाइक आउने गरेको छ ।
६. फेसबुकमा ३ करोड भन्दा पनि बढि एकाउन्ट यस्ता छन् जसका सञ्चालकहरुको मृत्यु भइसकेको छ ।
७. फेसबुकमा हरेक दिन कम्तीमा पनि ६ लाख ह्याक अट्याक हुने गरेको छ ।
८. अमेरिकामा गरिएको एउटा सर्भेका अनुसार सन् २०११ मा अमेरिकामा ५ बिवाहमध्ये एउटा डिभोर्सको घटनामा फेसबुकनै कारणको रुपमा रहेको थियो ।
९. फेसबुकमा तपाईं जोसुकैलाई पनि ब्लक गर्न सक्नुहुन्छ तर फेसबुकका मालिक मार्क जुकरबर्गलाई कहिल्यै पनि ब्लक गर्न सक्नुहुन्न ।
१०. फेसबुकले पनि गुगलले जस्तै तपाईंको हरेक गतिविधि माथि नजर राख्ने गर्दछ ।
११. फेसबुकको सवैभन्दा बढि युजरहरु इण्डियामा रहेका छन् ।
१२. चीनले सन् २००९ मा आफ्नो देशमा फेसबुकमाथि प्रतिवन्ध लगाएको थियो । जसका कारण एकै दिनमा फेसबुकले ९ करोड भन्दा बढि युजरहरु गुमाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.