कोरोना रोकथाम कोषमा नेपाल टेलिकमकाे १२ करोड रुपैयाँ सहयोग

  २०७६ चैत २० गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । जसमध्ये कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको टेलिकमले जनाएकाे छ ।

आज(चैत २० गते) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य-सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए  ।

सो अवसरमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह(सचिव तथा कम्पनी सञ्चालक समिति सदस्य राधिका अर्याल र कम्पनीका प्रमुख वित्तीय तथा प्रमुख मानव संसाधन अधिकृत शैलजा राईको पनि उपस्थिति रहेको थियो ।

हाल नोबेल कोरोना भाइरस९कोभिड १९० महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले आर्थिक सहयोग गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.