कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत

  २०७६ चैत २० गते १८:००     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २ सय ८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा पहिलो डिजिटल (विद्युतीय प्रविधि) को प्रयोगबाट बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेशन र अटोमेसनको, पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए ।

गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।

सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष.सुदिप आचार्यले बताए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हालसम्म १ सय २३ वटा शाखा तथा ६५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस् बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्बीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.