दोस्रो, पाँचौ र छैटौं कोरोना संक्रमित एउटै फ्लाईटमा नेपाल आएका थिए

  २०७६ चैत २० गते १७:०४     विकासन्युज

काठमाडौं । कोरोना संक्रमित छैटौँ व्यक्ति दोस्रो र तेस्रो कोरोना संक्रमितसँग एउटै फ्लाईटमा नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनै जना एकैदिन एउटै फ्लाईटमा नेपाल आएको बताएका हुन् ।

उनीहरु चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ बाट दोहा हुँदै नेपाल आएका देवकाेटाले बताए । दोस्रो संक्रमित युवतीलाई चैत १० गते कोरोना भएको पुष्टि भएको थियो भने पाँचौं संक्रमित युवतीलाई चैत १५ गते संक्रमण भएको पुष्टि भएको थियो ।

दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो ।

छैटों संक्रमित भने आज संक्रमित भएको मन्त्रालयले पुष्टी गरेकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । आज काेराेना संक्रमण देखिएकी युवती बाग्लुङकी हुन् । उनकाे थप जानकारी भने आउन बाँकी नै छ ।

नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.