राष्ट्रिय बीमा कम्पनीले पनि कोरोना रोकथाम कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने

  २०७६ चैत २० गते १६:५१     विकासन्युज


काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको सुरक्षा कोषमा सहयोग गरेको हो ।

अहिले ३ वटै तहका सरकारले कोरोना भाइसरको रोकथामकोलागि काम गरि रहेको अवस्था छ । नेपाल सरकाको निती बमोजिम काम गर्न सरकारकै स्वामित्वमा रहेको बीमा कम्पनीले सहयोग गर्नु अपरिहार्य ठानेको जनाएको छ ।

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख रुपैयाँ र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश सरकारलाई ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग सम्बन्धि निर्णय बीमा कम्पनीको संचालक समितिले चैत्र २० गते बिहिबार गरेको प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.