चीन कसरी सफल भयो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न ?

  २०७६ चैत २० गते १६:३०     प्रकाश वाग्ले

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संत्रासबाट सारा संसार त्रस्त भइरहेको समयमा कोरोनाको उद्गमस्थल मानिएको चीन भने हाल सामान्य स्थितिमा फर्किरहेको छ ।

कुनै समय भाइरसको इपिसेन्टर मानिएको वुहानमा समेत लकडाउन हटाइएको छ । बिगत एक हप्तादेखि आन्तरिक रुपमा कुनैपनि नयाँ संक्रमण देखिएको छैन । जसबाट यो भन्न सकिन्छ कि चीनले कोरोना बिरुद्धको लडाइमा प्रारम्भिक विजय हाँसिल गर्न सफल भएको छ ।

२१औं शताव्दिमा मानव सभ्यताको चुनौतिको रुपमा बिस्फोट भएको कोरोनाको माहामारी नियन्त्रण गर्न चीन कसरी सफल भयो त ? यो प्रश्न संसारभर उठिरहेको छ । चीनले धेरै मेहेनत गरेर नै कोभिड १९ संक्रमण नियन्त्रणमा लिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चीनले उठाएका प्रमुख कदमहरु यस प्रकार रहेका छन् ।

संक्रमण देखापरेका क्षेत्रहरुमा पुर्ण लकडाउन

जब कोरोना भाइरसको चरित्र तथा यसबाट निम्तिने महामारीको बारेमा थाहा भयो ततपस्चात संक्रमण देखापरेका क्षेत्रहरु (उहान, हुबेइ ) लगायतका क्षेत्रमा पुर्ण लकडाउनको घोषण गर्यो र पुर्णरुपमा लागु समेत गर्यो । लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको ब्यबस्था घरमै पुर्याउने व्यवस्था मिलाइयो ।

संकटकाल घोषण र सैनिक परिचालन

चीन सरकारले कोरोनाको संक्रमणलाई राष्ट्रिय संकटकाल घोषण गर्यो । बिभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीलाई संक्रमण फैलिएको क्षेत्रमा ल्याइयो । द्रुतगतिमा कोरोना विशेष नयाँ अस्पतालहरूको निर्माण गर्यो, जसवाट हजारौको संख्यामा रहेका संक्रमितलाई गुणस्तरीय उपचार गर्न सम्भब भयो । साथै अन्य बिरामीमा संक्रमण फैलिने जोखिम समेत न्युनिकरण भयो । लकडाउन कार्यान्वयन, स्वास्थ्यकर्मी व्यवस्थापन, विशेष अस्पताल निर्माणलगायतका संपुर्णको जिम्मा चाइनिज आर्मीलाइ दिइयो ।

पहुँचयोग्य, सजिलो उपचार तथा निःशुल्क परीक्षण

चीनले संक्रमणको विस्तारलाई रोक्न अपनायको प्रमुख रणनीतिको रुपमा संक्रमितको पहिचान र अलग्याएर उपचारलाई लिन सकिन्छ । यो पद्धति सफलसमेत भएको छ ।

चीनमा कोरोना भाइरसको परीक्षण पश्चात संक्रमण भएको पुष्टि भएका बिरामीहरूलाई या त आइसोलेसन वा अस्पताल पठाइएको थियो । उहानमा शुरुमा बिरामी भएदेखि अस्पताल भर्ना हुन १५ दिन लागेको थियो । तर केहि दिनमै डाक्टरहरूले लक्षण देखिएका बिरामीलाई दुई दिनको लागि आइसोलेसनमा राखेर जाँच गरे । नतिजा पोजेटिभ आए तुरुन्त लस्पतालमा छुट्टै राखेर उपचार सुरु गरे । चीन सरकारले यो पनि स्पष्ट गर्याे कि उपचारको क्रममा हुने खर्चहरु जस्तै एम्बुलेन्स, खाना, औषधी, अस्पताल शुल्क, परीक्षण शुल्क र उपचार शुल्कलगायत सम्पूर्ण शल्क नलाग्ने घोषणा गर्यो ।

प्रविधिको समग्र क्षेत्रमा उपयोग

यो संकटबाट पार पाउका लागि चीनले प्रविधिको भरपुर प्रयोग गरेको देखिन्छ । विध्यालयहरु बन्द थिए तर पढाईभने अनलाइन भइरहेको थियो । कतिपय अस्पतालहरु बन्द थिए तर अनलाइन परामर्श भने भैरहेको थियो । फलफूल, खाना, औषधीलगायतका अन्य अत्यावश्यक बस्तुको अनलाइन अडर्ड तथा होम डेलिभरीको व्यवस्था थियो जसबाट संक्रमणको चेन टुटाउन मद्दत मिल्यो ।

लकडाउनमा रहेका संपूर्ण मनिसले आफ्नो स्वस्थ्यस्थिति तथा शरीरको तापक्रम सरकारद्धारा जारी गरिएको एपमा विहान वेलुका लनिवार्य रुपमा अपलोड गर्नुपथ्र्यो, जसबाट संक्रमितको पहिचानमा ठुलो मद्दत मिल्यो ।

शासन प्रणालीको सहयोग

चीनले आफ्नो देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा उसको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । अस्पतालबाट भाग्न खाज्ने स्वास्थ्यकर्मीहरुलाई दण्ड सजाय गरेको, कालावजारीयाहरुलाई तुरुन्तै जेल सजाय गर्ने गरेको समाचारहरु संचारमाध्यममा आएका छन् ।

भन्नुको मतलव के हो भने चीनका कानुनहरु कठोर छन् । व्यक्तिगत स्वतन्त्रता कम छ । निर्णय प्रक्रियामा केन्द्रीय सत्ता हाबी छ । तर कोरोना जस्ता माहामारी नियन्त्रणका लागि यस्तै व्यवस्था सहयोगी बन्यो । सायद यति कठोर कानुन नभएको भए चीनले यति कम मानवीय क्षतिमा र यति छिटो नियन्त्रण गर्न सक्दैन्थ्यो भन्नेहरु पनि छन् ।

चीनको कोरोना नियन्त्रणमा प्रशासनिक सक्रियता, कठोर कानुन र त्यसको कार्यावन्यन गर्ने पुरानै बानीले नै सफल भएको हो भन्ने प्रसस्त आधारहरु भेटिन्छन ।

चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यू भएको छ भने भर्खरै संक्रमण सुरु भएको अमेरिकामा ५ हजार १ सय १० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमणको फैलावट समेत उच्च रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १ देखि २ लाख जनाको मावनीय क्षतिमा सिमित गर्नसके कारोना विरुद्ध अमेरिकाको जित हुने घोषणा नै गरेका छन् ।

तेस्तै, इटालीमा कोरोनाको कारण १३ हजार १ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् । इटालीले नियन्त्रण गर्न सकिरहेको छैन भने मृत्यूदर समेत उच्च छ ।

कोरोना भाइरसको सबभन्दा डरलाग्दो पक्ष भनेको यसको संक्रमण दर असाध्यै उच्च हुनु हो । तसर्थ कोरोनाबाट हुने मृत्युदर घटाउने हालको एकमात्र विकल्प भनेको यसको संक्रमण दर घटाउनु नै हो । किनकि यसको औषधी हालसम्म बनिसकेको छैन । त्यसैले संक्रमणको महामारी नियन्त्रणको लागि हालको पद्दतिहरुमा चिनियाँ पद्दती नै उत्तम रहेको विश्व परिवेशले पुष्टी गरेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.