मुख्यमन्त्रीलाई माक्स लाउनै आउँदैन !

  २०७६ चैत २० गते १६:४१     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । त्यो त्रासबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ ।
त्यो प्रयास केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म पुगेको छ । आम नागरिकहरु यसको सावधानी अपनाइरहेका छन् । सरकारले लक डाउन घोषणा गरेको छ । सबै नागरिक घरभित्रै बसेका छन् ।

प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू  विभिन्न क्षेत्र तथा ठाउँमा गएर नागरिकहरुलाई कोरोना सम्बन्धि सचेतना तथा सल्लाह सुझाव पनि दिइरहेका छन् । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि कोरोनाविरुद्दको कोष पनि स्थापना गरेको छ ।

यो कार्य संघले मात्र होइन सातवटै प्रदेशले शुरु गरेका छन् । सातै प्रदेशले कोरोना भाइरसको जोखिम कम गर्नका लागि स्थापना गरेको कोषमा सहयोग गर्नेहरु संख्या पनि बढ्दै गएको छ । अहिले विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । पछिल्लो समय सातै प्रदेशका मुख्यमन्त्रीहरु त्याे सहयोग थाप्न व्यस्त छन् ।

सहयोग थाप मात्र होइन उनीहरु कोरोनाको जोखिम कम गर्न विभिन्न ठाउँमा गएर नागरिकहरुलाई सचेतना सम्बन्धि सुझाव सल्लाह पनि दिइरहेका छन् । यसमा उनीहरुको प्रयास र सक्रियता अथक र अतुलनीय छ । कोरोनासँग लड्नको लागि विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुको योगदान र भूमिका चित्रण गरि नसक्नु छ ।

उनीहरुले कोरोना भाइरससँग जुध्ने र यसको सावधानी अपनाउनका लागि विभिन्न उपायहरु बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मानिसहरुलाई पटक–पटक हात धुन र पुरै मुख छोपिने गरी माक्सको प्रयोग गर्न आम नागरिक सबैमा अनुरोध गर्दै आएको छ ।

तर, यसकै सल्लाह सुझावलाई अवलम्बन गर्दै आम नागरिकलाई सचेतना गर्न हिडेका र प्रदेशको अभिभावकत्व भूमिका निर्वाह गरिरहेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिका भने हास्याँस्पद देखिन्छ । भलै उनीहरुले एक पटक मात्र त्यसरी माक्स लगाएका होलान् । तर, कोरोनाले एकछिनको लागि छुट है भनेर सर्नबाट पछि हट्छ र ?

अब चित्रण गरौं सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाको ।

माक्स तल झारेर सहयाेग बुझ्दै प्रदेश एकका मख्यमन्त्री शेरधन राई ।

यो प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको तस्वीर हाे । उनी एक बैंका कर्मचारीसँग तस्वीरमा छन् । त्यो तस्वीरलाई हामी सहज अनुमान गर्न सक्छौं कि त्यो तस्वीर प्रदेशले कोरोना भाइरसको जोखिम न्युनिकरुणका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने बैंकका कर्मचारीसँगको हो । दुबै जनाले माक्स लगाएका छन् ।

तर, दुवै जनाले माक्स नाकभन्दा तल अर्थात चिउँडोमा राखेका छन् । अनुमान गरौं कि ती मुख्यमन्त्री राईले तस्वीर खिचाउँनका लागि मात्रै त्यो माक्स तल झारेका हाेलान । के तस्वीर खिचाउनका लागि भनेर कोरोनाले छुट दिन्छ र ? त्यतिखेर नजिकै कोरोना लागेको व्यक्ति छ भने कोरोना सर्न सक्दैन ?

सहयोगको चेक थाप्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डित ।

 यो तस्वीर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितको हाे । उनीसँगै अन्य दुई चार जना व्यक्तिहरू छन् । यो तस्वीरमा पनि प्रदेश एककै जस्तो सहयोग लेनदेन भइरहेको छ । ती तस्वीरमा रहेका सबैले माक्स प्रयोग गरेका छन् । अझ मुख्यमन्त्री लालबाबु पण्डितले त एन ९५ माक्सको प्रयोग गरेका छन् । जुन कोरोना भाइरस नसर्नको लागि सुरक्षित मान्ने गरिएको छ । तस्वीरमा रहेका सबैको माक्स लगाउने तरिका राम्रै छ । उनीहरुले चिकित्सकहरुले भेन जसरी नै माक्सको प्रायोग गरेका छन् । तर मुख्यमन्त्रीले भने माक्स तल झार्दै तस्वीर खिचाइरहेका छन् । के उनको माक्सदेखि डराएर कोरोना उनी नजिक नआउला त ?

माक्सबिना नै सहयाेग थाप्दै बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल ।

यो तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको हो । तस्वीरमा उनी पनि सहयोग थापिरहेका छन् । तस्वीरमा देखिएका सहयोगदाता निकै सुरक्षित देखिन्छन् । तर, मुख्यमन्त्री पौडेल भने बिना माक्स सहयोग थापिरहेका छन् । तस्वीर उनकै कार्यकक्षको जस्तो देखिन्छ । मानौं उनी कार्य कक्षमै भएपनि उनी सार्वजनिक मान्छे हुन् । उनलाई कोरोनाको डर नभएपनि उनले सर्वसाधारणका लागि भएपनि माक्सको लगाइदिनु पर्छ । सर्वसाधारणलाई माक्स लगाऊ, पटक पटक हात धौ भनेर निर्देशन दिने मुख्यमन्त्रीले माक्सको प्रयोग गर्नु पर्दैन ?

माक्स तल झारेर सहयाेग थाप्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तस्वीरु पनि ऋन्यको भन्दा फरक छैन । उनी पनि कार्यकक्षमै सहयोग थापिरहेका छन् । उनीसँगैका सहयोगदाताहरुले पनि माक्सको त प्रयोग गरेका छन् । तर, सबैले तल झारेका छन् । ती चार/पाँच जनामध्ये एकजनामा कोरोना यदि भएको भए कोरोनाको संक्रमण विस्तारको अवस्था के होला ? 

माक्स तल झारेर नै सहयाेग थाप्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पाेखरेल ।

यी हुन् प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल । यिनको तस्वीर पनि अरुको भन्दा कम छैन । बरु उनलाई सहयोग गर्ने मान्छे राम्रो सचेत भएको तस्वीरले प्रष्ट्याउँछ । तर, उनी भने निडरले माक्स तल झारेर तस्वीर खिचाइरहेका छन् । कि मुख्यमन्त्री सम्झेर नै कोरोना डराउँछ ? हुन, सक्दैन विदेशमा मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुलाई कोरोनाको संक्रमण भएका समाचारहरु हामीले नै पढेका र सुनेका छौं ।

माक्सबिनै अनुगमनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

यी हुन् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरमा उनी एक हेल्थ डेस्क अर्थात ज्वरो नाप्ने ठाउँमा अनुगमनमा पुगेको जनाउँछ । तर, यसरी बढी संक्रमणको आशंकामा रहेर ज्वरो नाप्ने ठाउँमा गएका मुख्यमन्त्री शाही बिना माक्समा छन् । मानौं उनी कोरोनादेखि डराउँदैनन् । तर, आम सर्वसाधारणले उनीबाट के सिक्ने ? के कर्णालीमा कोरोना पुगेको छैन भनेर मुख्यमन्त्री शाहीले तस्वीरबाट देखाउन खोजेका हुन् ।

जम्बाे टाेली र सामाजिक विकास मन्त्रीसहित अनुगमनमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट । मन्त्री सुवेदी र भट्ट दुवैले माक्स तल झारेका छन् ।

अब सुदूरपश्चिमको कूरा गरौं । तस्वीरमा सुदूरपश्चिमका मुुख्यम्नत्रीसहहितको जम्बो टोली छ । सरकारले एक व्यक्ति अर्को व्यक्तिभन्दा एक दुई मिटर टाढा बस्नुस् भन्छ । यो टोलीले भने त्यो कूरा बिर्सेको तस्वीरबाट प्रस्ट पार्छ । अनि माक्स तल झारेर निरिक्षणमा हिँडेका छन् । आम सर्वसाधारणको सचेतनाका लागि फिल्डमा हिडेका उच्च र पदस्थ व्यक्तिहरुले माक्सको सही प्रयोग गर्नु पर्दैन ? अझ त्यो तस्वीरमा अर्को रोचक कूरा त के छ भने मुख्यमन्त्री भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बाहेका अरुले माक्सको सही प्रयोग गरेका छन् भने उनीहरु दुवै जनाले माक्सको दुरुपयोग अर्थात माक्स लगाउन जानेका छैनन् । के उच्च पदस्थ व्यक्ती देख्ने बित्तिकै कोरोना भाइरस डराउँछ र ?

देश सर्वसाधारणका लागि खटिरहेका सातै प्रदेशका मुख्यमन्त्रीको खटाई र कामको हामी सह्राना गर्दछौं । तर, सचेतना जोगाउन र सल्लाह सुझाव दिन नागरिक सम्म पुग्ने यी मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाबाट आम सर्वसाधारण नागरिकले के सिक्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.