गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थगित

  २०७६ चैत २० गते १४:५७     विकासन्युज


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसको जोखिम रोक्न चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक वाहेक सेवा रोक लगाउने घोषणा गरेकोले अर्को सूचना जारी नभएसम्मको लागि हकप्रद सेयर निष्काशन प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ ।

परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुका लागि प्रति साधारण सेयर १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको थियो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.