कोरोना असरः ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारीलाई निलम्बन गर्दै

  २०७६ चैत २० गते १३:३९     विकासन्युज

काठमाडाैं । ब्रिटिश एयरवेजले  ३६ हजार कर्मचारीलाई निलम्बन गर्ने भएको छ । कोरोनाभाइरस महाव्याधिका कारण उसले आफ्ना   ३६ हजार कर्मचारीलाई निलम्बन गर्ने भएको हाे ।

क्याबिन क्रु, ग्राउन्ड स्टाफ, इन्जिनीयर र कार्यालयका कर्मचारी लगायतका निलम्बन गर्न लागिएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । निलम्बनमा परेकाहरूले सरकारी योजनाअन्तर्गत तलबको ८० प्रतिशत रकम पाउनेछन् ।

एयरवेजले आफ्ना विमानहरू लन्डनको ग्याटविक विमानस्थलमा थन्क्याएको छ । सहमतिअनुसार, ब्रिटिश एयरवेजका ८० प्रतिशतसम्म कर्मचारीहरूलाई लामो छुट्टीमा पठाइनेछ तर कसैलाई पनि जागिरबाट निकालिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.