कोरोना भाइरसलाई बिदाई गर्दै चीन

  २०७६ चैत २० गते १०:१७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनमा बिरामीको संख्या घट्दै गइरहेको छ । गत डिसेम्बरको अन्तिम साता चीनबाट शुरू भएको कोरोना स्पेन इटाली, फ्रान्स, बेलायतलगातयका देशमा बढिरहेको छ । तर, कोरोनाको उद्गमस्थल चीनमा बिरामीको संख्या घटिरहेको छ ।

हाल त्यहाँ कोरोना बिरामीको संख्या २ हजार ४ छ । तीमध्ये ४ सय ६६ को अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छ ।

यसका वाबजुत त्यहाँ पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ३६ जना कोरोना संक्रमित फेला परेका छन् । जुन न्यून संख्या हो । चीनमा कोरोनाले हालसम्म ३ हजार ३ सय १२ को मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.