लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै 

  २०७६ चैत १९ गते १९:१०     विकासन्युज

काठमाडाैं । लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै गर्न सकिने भएकाे छ । इच्छुकले भुक्तानी सेवा प्रदायक कम्पनी स्प्यारो पे प्रा.लि. को “खल्ती-डिजिटल वालेट” मार्फत बिजहब आई.टि. सर्भिस प्रा.लि. को ओटिस प्लेटफर्मकाे शैक्षिक सामग्रीहरु पढी परिक्षाकाे उक्त तयारी गर्न सक्नेछन् ।

जसकाे लागि दुई संस्थाबीच समझदारी भएकाे छ । यससँगै विज्ञहरुद्वारा तयार पारिएका शैक्षिक सामग्रीहरुलाई  भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा ७५ प्रतिशत न्यून शुल्कमा नै आउने परिक्षाको लागि तयार गर्न सकिने छ ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभावकारी बनाउन विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट नै आफ्नै समयमा आफ्नै घरमा बसेर ओटिस प्लेटफर्म मार्फत परिक्षाकाे तयारी गर्न सकिने छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले सबैको जनजीवन प्रभावित भएको छ | “तत्कालको गाह्रो अवस्थाले नै भविष्यमा हाम्रो अवस्था अझै मजबुत बनाउने” कुरामा सबैको विश्वाश भएकोले नै आफ्नो परिवार सहित हामी सुरक्षाका विभिन्न उपायहरु मनन गर्दै लकडाउनलाई पूर्ण पालना गर्दैछौ |

सरकारको मुख्य उद्देश्यहरु मध्ये डिजिटल प्रविधि पनि एउटा रही आएको कुरा र अहिलेको यो अवस्थालाई फलदायी बनाउन परम्परागतमा आधारित शैक्षिक क्षेत्रलाई डिजिटलाईज गर्न सुरु गरिएकाे संस्थाले जनाएकाे छ ।

ओटिस मार्फत थप २५ प्रतिशतसम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप १०० रूपैयाँसम्मको क्यास व्याक पाइने छ । लोकसेवा, चाटर्ड एकाउन्टेंन्सी तथा ई.पी.एस. अन्तर्गतका कोरियन भाषाको सम्पूर्ण तयारि कक्षा लिन http://ottish.com वेबसाईटमा खाता खोली आफुले छानेको तयारी कक्षाको भुक्तानी सजिलै खल्ती http://khalti.com/app मार्फत गर्न सकिने संस्थाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.