कोरोना नियन्त्रण कोषमा राष्ट्रिय बीमा संस्थानले दियो १ करोड रुपैयाँ

  २०७६ चैत १९ गते १८:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम सहयोग गर्ने भएको हो ।

संस्थानको चैत १९ गते सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.