अरुलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

  २०७६ चैत १९ गते १६:५२     विकासन्युज

काठमाडाैं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ताबनाउनकालागी यो अफर सार्बजनिक गरेको हो ।

कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ ।

अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो।’- इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.