महामारी आइहालेको अवस्थाम स्क्रिनिङको लागि प्रयोग गर्न र्यापिड टेष्ट किट ल्याईएको हो: डा. खेम कार्की

  २०७६ चैत १९ गते १५:५१     विकासन्युज

काठमाडौं । सरकारले ल्याएको र्यापिड टेष्ट किट परीक्षण पछि मात्र प्रयोगमा आउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रलायका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बुधबार एक विज्ञप्ती जारी गर्दै अनधिकृत श्रोतबाट उक्त किटको प्रयोग भएको हल्ला सुन्न आएकोले उक्त किट प्रयोग नर्गनलाई आग्रह गरेको बताएका छन् ।

कोरोनाले महामारीको रुप लिईहालेको अवस्थामा पुर्वतयारीको रुपमा उत्तर किट ल्याईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त किटमा स्क्रिनिङ मात्र गरिने र शंकास्पदहरुलाई पिसिआर मै जाँच गर्न बताईएको छ ।

‘सरकारले खरिद गरेर ल्याएको किट चीन सरकारले प्रमाणित गरेको किट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेष्ट गनुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्टकिट प्रयोग गरि स्क्रिनिङ गर्ने र शंकास्पदहरुलाई पिसिआरबाटै जाँच गरि निक्र्यौल गर्न अन्तराष्ट्रिय मान्यता अनुसार पुर्वतयारी गर्न खोजिएको हो । अहिले युरोप, अमेरिकाले पनि यही विधि मार्फत परीक्षण गराईरहेका छन् , ’ विज्ञप्तीमा उल्लेख छ ।

उक्त किटको जाँच गर्न नेपाल अनुसन्धान परिषदलाई उनुरोध गरिसकेको कार्कीले बताएका छन् । No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.