३ महिनामा १ हजार ६० जनामा कोरोना परीक्षण, देशभर कति छन् क्वारेन्टाइन र आइसोलेटेड बेड ?

  २०७६ चैत १९ गते १५:१६     डाेमी शेर्पा

काठमाडौं । कोरोनाले संसार हल्लाएर लाखौं संक्रमित भईरहेको अवस्थामा नेपालमा भने यसको प्रभाव निकै कम छ ।

अहिलो अवस्था हेर्न हो भने नेपाल कोरोना संक्रमणको पहिलो चरणमा छ अर्थात नेपालमा हाल संक्रमित राष्ट्रबाट आएका मानिसहरुमा मात्र कोरोना संक्रमण भएको पाइएको छ ।

तर के नेपाल साँच्चै संक्रमणको पहिलो चरणमा मात्र छ त ? यो प्रश्नमा भने धेरैको शंका छ ।

तीन महिनाको अवधिमा १ हजार ६० जना मानिसको कोरोना परीक्षण भएको छ । यसको मतलब दैनिक १२ जनाको मात्र परीक्षण भएको बुझ्न सकिन्छ ।

यसरी परीक्षण गरेकामध्ये हालसम्म ५ जनालाई कोरोना भाईरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ । संक्रममितमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ४ जना उपचारको क्रममा छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

दक्षिण कोरियो दैनिक २ हजार कोरोना टेष्ट गर्न गरेको र त्यही कारण संक्रमण विस्तार हुन नसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

हाल नेपाल सरकारले कोरोना परीक्षण ल्याब संचालन गरिरहेको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले कोरोना परीक्षण ल्याब संचालन गरिरहेको छ ।

टेकुको प्रयोगशाला ल्याबमा दैनिक ९ सय जनाको परीक्षण गर्न सक्ने क्षमता र धरानको ल्याबमा दैनिक १२ सय जनाको परीक्षण गर्न सक्ने क्षमता रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द« श्रेष्ठले बताए । यस्तै, सरकारले छिटै नै अन्य बाँकी प्रदेशमा पनि ल्याब संचालनमा ल्याउनलाई काम अगाडि बढाइसकेको छ । प्रदेशका ल्याबहरुले दैनिक १२ वटासम्म परीक्षण गर्न उनले बताए ।

यसको मतलब हाल नेपालको कोरोना परीक्षण गर्न क्षमता २ हजार १ सय ५० रहेको छ । यद्यपी दैनिक २ हजार १ सय ८४ परीक्षण हाल नेपालको लागि असम्भव छ किनभने परीक्षण किटहरु अझै पनि कम सीमित मात्र छन् ।

त्यसैले पनि सरकारले पूर्ण रुपमा कोरोनाको लक्षण देखिएकाहरुको मात्र ल्याब टेष्ट गर्नको लागि देशभर २५ वटा हब अस्पतालमा फिभर किल्निक संचालनमा ल्याएको छ । कोरोनाको शंका लागेका मानिसहरु तोकिएका अस्पतालमा गई चेकजाँच गरेर कोरोनाको सम्भावित लक्षण पक्का भएको अवस्थामा मात्र ल्याबमा परीक्षणको लागि पठाईने देवकोटाले बताएका छन् ।

फिभर क्लिनिक संचालनको लागि तोकिएका हब अस्पताल

१. जनकपुर अन्चल अस्पताल
जनकपुर उपमहानगपालिका, धनुषा

२. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल
राजविराज नगरपालिका, सप्तरी

३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल
अमरगढी नगरपालिका, डढेलधुरा

४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा लेखनाथ महानगरपालिका, कास्की

५. मेची अञ्चल अस्पताल
भद्रपुर नगरपालिका, झापा

६. राप्ती अञ्चल अस्पताल
तुलसीपुर उपमहानगरपालिका, दाङ

७. राप्ती उपक्षेत्रीय अस्पताल
घोराही उपमहानगरपालिका, दाङ

८. धौलागिरी अञ्चल अस्पताल
बागलुङ नगरपालिका, बागलुङ

९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी
ललितपुर महानगरपालिका, लगनखेल

१०. नारायणी उपक्षेत्रीय अस्पताल
विरगंज महानगरपालिका, पर्सा

११. भेरी अञ्चल अस्पताल
नेपालगंज उपमहानगरपालिका, बाँके

१२. धुलिखेल अस्पताल
धुलिखेल, नगरपालिका, काभ्रे

१३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान
धरान उपमहानगरपालिका, सुनसरी

१४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल
विरेन्द्रनगर नगरपालिक, सुर्खेत

१५. कोशी अञ्चल अस्पताल
विराटनगर महानगरपालिका, मोरङ

१६. भक्तपुर अस्पताल
भक्तपुर नगरपालिका, भक्तपुर

१७. भरतपुर अस्पताल
भरतपुर महानगरपालिका, चितवन

१८. बीर अस्पताल
काठमाडौं महानगरपालिका

१९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौं महानगरपालिका

२०. श्री वीरेन्द्र अस्पताल
काठमाडौं महानगरपालिका

२१. सिभिल सेवा अस्पताल
काठमाडौं महानगरपालिका

२२ लुम्बिनी अञ्चल अस्पताल
बुटवल उपमहानगरपालिका, रुपन्देही

२३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी
चन्दननाथ नगरपालिका, जुम्ला

२४. सेती अञ्चल अस्पताल
धनगढी उपमहानगरपालिका, कैलाली

२५. महाकाली अञ्चल अस्पताल
भिमदत्त नगरपालिका, कन्चनपुर

कति जना छन् क्वारेन्टाइन र आइसोलेसनमा ?

कोरोना भाइरस (कोभिड १९) शंका गरिएका देशभर ४ हजार १ सय ९० जना सेल्फ क्वारेन्टाइनमा रहेका र ७७ जना विरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १

यसमध्ये प्रदेश १ मा ४ सय ५१ जना क्वारेन्टाइनमा छन् भने २७ जनाको आइसोलेसनमा राखेर उपचार गरिदैछ । प्रदेश १ मा ३ हजार ५३ वटा क्वारेन्टाइन बेड छन् भने ३ सय ३८ वटा आइसोलेटेड बेड छन् । प्रदेश स्वास्थ्यकर्मीका लागि १ मा १ हजार ६ सय १९ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

प्रदेश २

मन्त्रालयको दिएको जानकारी अनुसार प्रदेश २ मा ३ सय ३६ जना विरामी क्वारेन्टाइनमा छन् । सो प्रदेशमा आइसोलेसनमा एक जना पनि विरामी छैनन् ।

प्रदेश २ मा १ हजार ९ सय ९७ वटा क्वारेन्टाइन बेड छन् भने ३ सय ६३ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार २ सय ३१ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

बागमती प्रदेश

बागमती प्रदेशमा १ सय ६५ जना विरामी क्वारेन्टाइनमा छन् भने २४ जनालाई आइसोलेसनमा राखेर उपचार गरिदैछ ।

बागमती प्रदेशमा २ हजार ७ सय ४० वटा क्वारेन्टाइन बेड छन् भने ५ सय ५१ वटा आइसोलेटेड बेड छन् । यस्तै, स्वास्थ्यकर्मीको लागि २ हजार ६ सय २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा २ सय ५५ जना विरामी क्वारेन्टाइनमा छन् भने ६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा २ हजार ८ सय ८५ वटा क्वारेन्टाइन बेड छन् भने २ सय ३९ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीका लागि १ हजार ६ सय ६६ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

प्रदेश ५

प्रदेश ५ मा ८ सय २४ जना विरामी क्वारेन्टाइनमा बसेका छन् भने ८ जना विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिदैछ ।

प्रदेश ५ मा क्वारेन्टाइन बेडको संख्या ३ हजार ४ सय ८३ वटा छन् भने ४ सय २४ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार ४ सय ८ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ६ सय ८० जना विरामी क्वारेन्टाइनम बसेका छन् । सो प्रदेशमा आइसोलेसनमा राखिएका १ जना विरामी पनि छैनन् ।

कर्णाली प्रदेशमा क्वारेन्टाइन बेडको संख्या २ हजार ३० छ भने २ सय ६१ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) १ हजार २ सय ३७ वटा छन् ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ७९ जना विरामी क्वारेन्टाइनमा बसेका छन् भने १६ जनालाई आइसोलेसनमा राखेर उपचार गरिदैछ ।

सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० वटा क्वारेन्टाइन बेड छन् भने २ सय वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार २ सय ९१ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् ।

सरकारले उपलब्ध रहेका भनेका क्वारेन्टाइन र आइसोलेटेड बेड कोरोना भाइरस (कोभिड १९) संक्रमणको शंका गरिएका र विरामीहरुलाई उपचार गर्नको लागि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.