लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश, डिजिटल सेवालाई प्राथमिकता दिने प्रतिवद्धता

  २०७६ चैत १९ गते १४:०४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । स्थापनकालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि उक्त सेवालाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैंकिङ्गलाई व्यापक एवं सुदृढ बनाउँदै लैजाने तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्ने जानकारी गराएको छ । साथै, बैंकले ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले ‘डिजिटल सेवा प्रयोगको लागि साक्षरता अभियान’ संचालन गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, अहिलेको लकडाउनको परिस्थितिमा पनि बैंकले आधारभुत तथा अत्यावश्यक बैंकिङ् सेवा सुचारु गरिरहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.