खाद्यान्य लिएर साल्ट ट्रेडिङ कर्पोरेशनकाे भ्यान राजधानीकाे चाेकचाेकमा, मूल्य १०% सम्म छुट

  २०७६ चैत १९ गते १३:३२     राजाराम न्यौपाने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले बुधबारदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण सुरु गरेको छ । सरकारको निर्देशन पालना गर्दै १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यन्य बिक्री वितरण शुर गरेकाे कर्पाेरेशन जनाएकाे छ ।

लकडाउनका बेला उपभोक्तालाई सहज हाेस भनेर भ्यानबाट चाेक चाेकमा सामान लगेर बेच्चे काम शुरू भएकाे साल्ट ट्रेडिङ कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले बताए । कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चाेकमा खाद्यान्न पुर्याउने काम थालेकाे छ ।

खाद्यन्य वितरण गर्न परिचालित भ्यानकाे संख्या कम भएकाेले माग नुसार भ्यान पठाउने गरको उनले बताए । बुधबार उपत्यकाका सामाखुसी चोक, झिर टोखा, खुसिँबु, नयाँबजार, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपागायतका क्षेत्रहरमा खाद्यान्न बिक्री गरिरहेको छ ।

लकडाउनको अबस्थालाई बुझेर एक व्यक्तिले २ केजीसम्म किन्न मिल्ने व्यवस्था गरिएको छ ।   कोरोना भाइरसको संक्रमणबाट जाेगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यन्य सामाग्री बिक्री वितरण गरिरहेको साल्ट ट्रेडिङले जाकारी दिएको छ ।

सरकारी सेयर लगानी रहेकाे साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यास लगायत दैनिक उपभाेग्य बस्तुहरू बिक्री गर्दै अाएकाे छ । हालकर्पाेरेशनले चिनीमा भने १० प्रतिशत छुट दिएकाे भण्डारीले जानकारी दिए । चामल, नुन, मैदा, दाल तथा गेडागुडीमा साविककाे मूल्यमा थाेरै घटाइएकाे छ ।

‘सरकराले खाद्याबस्तुमा १० प्रतिशत छुट दिने भने पनि साल्ट ट्रेडिङ कर्पोरेशनलाई कुुनै पत्र आएको छैन्, आज उद्योग मन्त्रालयमा बोलाएको छ, मन्त्रालय गएर आए पछि मात्रै कसरी छुट दिने भन्ने थाहा हुन्छ,’ भण्डारीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.