यी ६ स्थानमा वितरण हुँदै ग्यास

  २०७६ चैत १९ गते १०:०२     विकासन्युज

काठमाडौं । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।
नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले काठमाडौं उपत्यकाका ६ स्थानमा ३ दिनसम्म ग्यास वितरण गरिने बताए ।

‘बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण हुने छ,’ भण्डारीले भने ।  भण्डारीले ३ दिनसम्म दुई/दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.