एनएमबि बैंकले सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने

  २०७६ चैत १८ गते १८:४५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने भएको छ । बैंकले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका सरकारले स्थापना गरेको कोरोना सहायता कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

जसको लागि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले बताएकाे छ ।

दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु नै यस पहलको उद्देश्य रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.