विदेशबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई ५ हजार

  २०७६ चैत १८ गते १९:०१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ ।

विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर संक्रमण नफैलियोस् भनि लकडाउन पछि उक्त निर्णय गरेकाे गाँउपालिकाका सूचना अधिकारी विशाल बाबु लिफङ राईले बताए । उनले भने – ‘विदेशबाट आइ लुकेर बसेका व्यक्तिको बारेमा पहिलाे पटक वडा कार्यालय तथा पालिकामा जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ  प्रदान गरिनेछ ।’

काेराेनाकाे संक्रमण फैलिए नदिन थुलुङ दुधकोशी गाँउपालिकाले अपनाएकाे याे उदाहरणीय तथा नयाँ उपायकाे रूपमा विस्तार भएकाे छ ।

उक्त गाँउपालिकाले पछिल्लो समय सबै मानिस गाँउ फर्किएसँगै करेसाबारी निर्माण तथा विस्तारलाई जोड दिएको जानकारी दिएको छ । सरकारले घोषणा गरेको सबै नियमको पालना गर्दै गाँउ गाँउका मान्छेबीच जमघट तथा भेला नहुन दिएकाे छैन ।

नाैं वडा रहेको उक्त गाँउपालिका १ सय ८० वटा करेन्टाइन र ५ वटा आइसोलेशन वेड रहेको सूचना अधिकारी राईले जानकारी दिए ।
हालसम्म उक्त पालिकामा भारत तथा दुवईबाट आएका ७ जना व्यक्ति होम करेन्टाइनमा बसिरहेको स्वास्थ्य अवस्था सामान्य रहेको गाँउपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.