कोरोना रोकथामको लागि कृषि विकास बैंकले प्रदेश १ लाई दियो ५ लाख रुपैयाँ

  २०७६ चैत १८ गते १८:२८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कोरोना भाईरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि १ नम्बर प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो रकम सहयोग गरेको हो ।

कृषि विकास बैंकका  १ नं. प्रदेशका प्रमुख घनेन्द्र अधिकारीले  मुख्यमन्त्री शेरधन राईलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा खडा गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

साथै  बैंकले लक डाउनको समयमा चैत १८ गतेदेखि २५ गतेसम्म देशभर खुल्ला रहने आफ्ना कार्यालयहरुको सूचि सार्वजनिक गरेको छ ।  बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर दैनिक ७० वटा भन्दा बढी शाखा सञ्चालन गर्ने जनाएको छ  ।

चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६ वटा कार्यालय खुल्नेछन् । चैत २१ गते देशभरका ७३ वटा शाखा खुल्नेछ  २२ गते ८० वटा शाखा खुल्ने छ । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा खुल्ला  रहने बैंकका  प्रवक्ता हिमलाल पौडेलले बताए  ।

बैंकले सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ उपयोग गर्न अनुरोध गरेको छ । बैंकले लकडानको समयमा  शाखा खोलेर निक्षेप राख्ने र झिक्ने बैंकिङ सेवा  प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.