१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति अनलाइन पत्रकार संघकाे आपत्ति

  २०७६ चैत १८ गते १८:१०     विकासन्युज

काठमाडाैं । नेपाल अनलाइन पत्रकार संघले नेपाल प्रेस काउन्सिलले १७ वटा अनलाइन बन्द गरेकाे कार्यप्रति आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले यस कार्यप्रति आपत्ति जनाएकाे हाे ।

केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती संचार माध्यमलाई नेपालभर प्रकाशनरप्रशारण हुन नसक्ने गरी बन्द गराउन दूर सञ्चार प्राधिकरणमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

तर, संघले काउन्सिलको यो निर्णयबाट आश्चर्यचकित भएको भन्दै काउन्सिललाई संविधान पढ्न सुझाव दिएको छ । ‘यो निर्याण गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भए पनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो भन्ने थाहा हुने अनलाइन पत्रकार संघलाई लागेको छ’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

संघका अध्यक्ष शिव प्रसाद सत्यालले सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य नभएकाे बताएका छन् । कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्ने उनकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.