ठूला करदाता कार्यालयमा गएर एनसेलले तिर्याे ४ अर्ब ६० कराेड राजश्व

  २०७६ चैत १८ गते १७:४५     विकासन्युज

काठमाडौं । निजी सेवा प्रदायक कम्पनी एनसेलले थप ४ अर्ब ६० करोड रुपैयाँ राजश्व बुझाएको । कम्पनीले मंगलबार पुँजीगत लाभकरवापत ठूला करदाता कार्यालयमा गएर सो रकम बुझाएको बताइएको हो ।

यसअघि सर्वाेच्चले २१ अर्ब १० कराेड रूपैयाँ तिर्नु पर्ने फैसला गरेकाे थियाे । सर्वोच्च अदालतले फैसला दिएपछि कम्पनीले समय समयमा बाँकी रहेको कर तिर्दै आइरहेको छ । पुसमा पनि ४ अर्ब ५० कराेड रूपैयाँ बुझाएकाे थियाे । सर्वोच्चको फैसला लगत्तै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो।

योसँगै एनसेलले पुँजीगत लाभकरवापत मात्रै अहिलेसम्म ३३ अर्ब रुपैयाँ हाराहारी रकम सरकारलाई बुझाएको छ । एनसेलले अब १४ अर्ब  ४० कराेड रुपैयाँ बराबर लाभकर बुझाउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.