लकडाउन सकिए लगत्तै गभर्नरकाे टुङ्गाे लाग्छः डा. खतिवडा

  २०७६ चैत १८ गते १५:५८     विकासन्युज

काठमाडाैं । अर्थ, सञ्चार तथा सूचना प्रविधि  मन्त्री डा. युवराज खतिवडाले  लक डाउन सकिने बित्तिकै गभर्नरकाे टुङ्गाे लाग्ने बताएका छन् ।  उनले  हाल काेराेना भाइरसकाे कारण सरकारले लकडाउन घाेषणा गरेकाेले यसकाे समावधि सकिने बित्तिकै  गभर्नरकाे विषमा निर्णय गरिने बताएका हुन् ।

एक सञ्चार माध्यमकाे कुराकानीमा उनले भनेका छन्, ‘अब यो लकडाउनको अवधि सकियोस्, त्यसपछि हामी गभर्नरकाे विषयमा  निर्णय गर्छौँ ।’ विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला नेपाल सरकारकाे ध्यान पनि त्यसपट्टि गएकाे उनकाे भनाइ छ ।

अहिले अरू भन्दापनि काेराेनाकाे जाेखिम न्यूनिकरण र राेकथाममा सरकारकाे ध्यान गएकाे उनले बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा  सरकार खटिरहेकाे उनकाे भनाइ छ ।  उनले  काेराेनाका कारण नेपालकाे अर्थतन्त्रमा पनि असर पर्ने प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.