WHO भन्छः फेस माक्स प्रयोग नगर्नुस्

  २०७६ चैत १८ गते १३:५७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई रोक्नको लागि फेस मास्क प्रयोग उचित नभएको बताएको छ ।
संगठनले फेस माक्सले अन्य माक्स जस्तै काम नगर्ने हुनाले त्यो प्रयोग गर्नु उचित नभएको बताएको हो ।

डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यकारी निर्देशक माइक रायनले फेस माक्स प्रयोग गर्नुुको कुनै फाइदा नभएको बताएका छन् । उनले फेस माक्सले मान्छेलाई फाइदा गरेको कूनै प्रमाण तथा उदाहरण नभएको बताएका हुन् । उनले उल्टै त्यो माक्स बढी दुरुपयोग भएको उनको भनाइ छ ।

संयुक्त राज्य अमेरिका रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले त्यो माक्सले हावाबाट आउने साना कणहरू फिल्टर गर्न नसक्ने बताएका छन् । संक्रमित व्यक्तिले नजिकै हाच्छ्यु वा खोक्यो भने त्यसले सहयोग नगर्ने उनीहरुको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.