रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु

  २०७६ चैत १८ गते १२:४५     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् ।

उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर आफ्नो जान थालेका हुन् ।
आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने ’दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छौं ।’

त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट आफ्ना घर हिडेका गएका हुन । उनीहरुसगैँ हिडेर घर जानेको यात्रुहरुको लर्को थियो । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए ।

हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने हाम्रो बाजेहरुले हिडेर काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडौंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएको दाहाले बताए ।

काठमाडौबाट बुधबार हिडेर सिमारा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ काठमाडौंको कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए ।

सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंमा काम गर्ने मानिसहरु हिडेरै घर जान थालेका हुन ।

सरकारले गत १० गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.