गाउँगाउँमा गएर कोरोनाका बारेमा सचेत गराउदै अर्थ समितिका सभापति

  २०७६ चैत १७ गते २२:२५     विकासन्युज

काठमाडौं । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले गाउँगाउँमा गएर कोरोना भाइसरका बरेमा बुझाउन सुरु गरेका छन् । विदेशबाट भरखरै गाउँमा आएका नगरिकहरुको स्वास्थ्य अवस्था बुझदै सर्वसाधारलाई कोरोनाको बारेमा सचेत गराउन सुरु गरेका हुन ।

दाहालले मकवानपुरको ठिंगनमा स्वास्थ्यकर्मी, सुरक्षाकार्मी र वडाका अध्यक्ष सहितको टोलि लिएर कोरोना भाइरसको बारेमा जनचेतनाको कार्यक्रम सुरु गरेका हुन ।

‘गाउँका नगरिकलाई कोरोना भाइरस कसरी सर्छ, कोरोना भाइरसबाट कसरी बाच्ने भनेर जानकारी दिन आजबाट सुरुका छौं, विदेशबाट आएकाहरुको घरमा गएर कस्तो छ स्वास्थ्य अवस्था भनेर बुझने काम भइरहेको’ दाहालले भने ।

दाहाल प्रतिनिधिसभा संसदको अर्थ समितिका सभापति पनि हुन् । शिक्षण पेसाबाट राजनीतिमा आएका दाहाल मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वचित भएका हुन् । उनी यसअघि पनि २ कार्यकालसम्म सांसदमा निर्वचित भइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.