स्ट्यान्डर्ड चार्टर्ड बैंकले काेराेना राेकथाम गर्न एक अर्ब डलर सहयाेग गर्ने

  २०७६ चैत १७ गते २०:५०     विकासन्युज

काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि  एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र सेवाहरु प्रदान गर्ने कम्पनीलाई बैंकले सो रकम दिने घोषणा गरेको हो ।

भाइरसको सामना गर्न र त्यसका लागि आवश्यक पर्ने मेडिकलजन्य सामग्रीको उत्पादन र वितरण गर्ने जुनसुकै उद्योग र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरुले यसमा काम गर्न सक्ने जनाइएको छ । त्यसका लागि मास्क, भेन्टिलेटर, स्यानिटाइजर, सुरक्षात्मक उपकरणहरु र उपभोग्य सामानहरु आवश्यक पर्ने बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत सिमन कपुरले कोरोना भाइरसको जोखिम न्युनिकरण तथा रोकथामका लागि आवश्यक पर्ने सामग्री उत्पादन र वितरण गर्ने संस्थाहरुलाई आफूहरुले सहयोग गर्ने बताए । ‘मेडिकलजन्य सामग्रीहरुको माग आपूर्ति गर्ने सेवा प्रदायक कम्पनीहरु हामीलाई चाहिएको हो, तिनीहरुको सहयोगले कोरोनाको जोखिम कम गर्न मद्दत पुग्छ, हामी विश्वस्त गर्छौं कि उनीहरु हामीलाई विश्वास गर्छन्,’ उनले भने ।

बैंकले प्राथमिकताका आधारमा ती कम्पनीहरूलाई कम्तिमा एक अर्ब अमेरिकी डलर आयात र निर्यात वित्त वा कामकाजी पूँजी सुविधाहरू प्रदान गर्ने बताइएको छ । जुन उनीहरूले दैनिक कामका लागि प्रयोग गर्ने उपकरणका लागि सहयोग र्पुयाउँछन् । स्ट्यान्डर्ड चार्टडले सहयोग गर्ने त्यस्ता कम्पनीहरूको पहिचान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.