बिरामीको सेवा गर्नुपर्दा कहिल्यै बहाना बनाइँन- फ्लोरेन्स नाइटिंगेल

  २०७६ चैत १७ गते १७:४५     विकासन्युज


काठमाडाैं । नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए ।

फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन ।

एक पल्टको कुरा हो फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् ।

फ्लोरेन्सको सपना थियो कि उनी एउटा राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले ।

यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो ।

फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् ।

ब्रिटिश सरकारको ‘लेडी विथ द कैंप’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो ।

आफ्नो जीवन बिरामीहरुको सेवामै बिताएकी फ्लोरेन्स नाइटिंगेलका केहि भनाइहरु निक्कै नै चर्चित रहेका छन् । ती भनाइहरुले बिरामीको सेवामा अहोरात्र खटिने जोकसैलाई पनि थप उर्जा दिने गरेको छ ।

यस्ता छन् फ्लोरेन्स नाइटिंगेलका केहि चर्चित भनाइहरुः

– मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन ।
– मलाई पूरा विश्वास छ कि सवैभन्दा ठूलो नायक उही हुन्छ जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ ।
– कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ ।
– मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो ।
– नर्सिंग एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ ।
– यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.