तीन जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान

  २०७६ चैत १७ गते १७:२५     विकासन्युज

काठमाडौं । विभिन्न तीन जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण गरेका छन् । लमही (दाङ्ग), स्याङ्जा र पोखरा चेम्बर अफ कमर्स कास्कीले उक्त सहयोग सहित सुपथ पसल पनि संचालनमा ल्याएको चेम्बर अफ कमर्सका निर्देशक सुस्मिता लालले बताएका छन् ।

जसमध्ये लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत १६ गते एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

त्यस्तै, स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चत १६ गते ३ हजार माक्स वितरण गरेको छ । यसका साथै, २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपिई पनि वितरण गरेको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको निर्देशक लालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.