कोरोना संक्रमित चारैजनाको परिवार र आफन्तको टेष्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

  २०७६ चैत १७ गते १६:२९     विकासन्युज

काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।

यद्यपी अझै उनीहरुसँग यात्रा गर्न सबैको डाटाहरु खोजिरहेको उनले जानकारी दिए ।

हाल सम्म ९ सय ९३ जनाको कोरोना परीक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.