डिश होमले अप्ठ्यारोमा ग्राहकलाई उधारो सेवा दिने 

  २०७६ चैत १७ गते १५:४१     विकासन्युज

काठमाडौं । डिश होमले यो अप्ठ्यारो समयलाई मध्यनजर गर्दै उधारो दिने भएको छ । डिश होमले १० दिनको क्रेडिट सेवा आफ्ना ग्राहकलाई दिने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारी फैलिएसँगै डिश होमले मोबाइलबाट साधारण एसएमएस पठाएर क्रेडिट सेवा (अप्ठयारोमा उधारो) दिने प्रक्रिया शुरु गरेको छ ।

ग्राहकहरुले रिचार्ज ब्यालेन्स सकिएको अवस्थामा थप १० दिनका लागि टिभि सिगंल खुलाउने सक्नेछन् । म्यासेज गर्दा क्रेडिट कस्टोमर आईडी टाईप गरि ३२५०० मा पठाएर ग्राहकले सेवा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.