वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु

  २०७६ चैत १७ गते १५:२८     विकासन्युज

काठमाडाैं । वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु भएको छ । उनीहरूकाे आज मृत्यु भएकाे हाे । दुबैको थ्रोट स्वाव झिकेर कोरोना परीक्षणका लागि टेकु पठाइएको छ । दुबैको रिपोर्ट भने आउन बाँकी छ ।

वीर अस्पतलाका निर्देशक डा केदार सेन्चुरीका अनुसार अत्यधिक ज्वरो आएको भन्दै काठमाडौँ सतुंगल क्षेत्रका एक जना ३४ बर्षीया महिलालाई हिजो बेलुका अस्पताल ल्याइएको थियो । उनको आज विहान निधन भएको हो ।

यस्तै आज विहान अर्का एक जना ५० बर्षिय पुरुष लगभग बेहोस अवस्थामा ल्याइएको थियो । ‘उनको ट्राभल हिस्ट्री हेर्दा भर्खरै भारतबाट आएको भन्ने रहेछ । ज्वरो अत्यधिक थियो । उपचारकै क्रममा उनको केहीबेर अघि दिउसो निधन भएको हो,’डा सेच्नुरीले भने ।

डा सेन्चुरीले दुबै जनाको थ्रोट स्वाव कलेक्सन गरी कोरोना परीक्षण गर्न टेकु पठाएकाे बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.