नेपालमा कोरोना जाेखिम कम गर्न कोरियामा डेढ करोड रूपैयाँ संकलन

  २०७६ चैत १७ गते १५:१०     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना भाइरस (काेभिड १९) काे जाेखिम कम गर्न कोरियामा डेढ करोड संकलन भएकाे छ । वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका हुन् ।

अहिले कोरियामा प्रयोग भइरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाले जानकारी दिएकाे छ ।

गैह्रआवासीय नेपाली संघको तर्फबाट तीन हजार र कोरियामा रहेका नेपालीहरुको तर्फबाट दुई हजार किट्स खरिद गरी नेपाल पठाउने तयारी भए पनि उडान समस्याका कारण ढिला भएको र आउँदो शुक्रबारसम्ममा सामग्री पठाइसकिने संघले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.