सीमा नाका बन्द हुँदा महाकालीमा पाैडेर दार्चुला पुगेपछि…(भिडियाेसहित)

  २०७६ चैत १७ गते १४:३१     विकासन्युज

काठमाडाैं ।  कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् ।

कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको धार्चुलामा अलपत्र थिए । उनी बैतडीको डिलासैनी गाउँपालिकाका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

सीमा बन्दका कारण दार्चुलाका सीमा नाकामा करिब पाँच सय नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारगरिरहेका छन् ।

सीमा बन्द हुँदा महाकाली नदि पौडेर दार्चुला पुगे नेपाली।।भिडियो : नरेन्द्र कार्की

Posted by Bikashnews.com on Monday, 30 March 2020

भिडियाेः नरेन्द्र कार्की, दार्चुला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.