विदेशबाट पठाएको रकम अब सिधै मोबाइलमा, प्रभु पेले ल्यायो यस्तो सुविधा

  २०७६ चैत १७ गते १३:५४     विकासन्युज

काठमाडौं । अब विदेशबाट पठाएको रकम सिधै मोबाइलमा पाइने भएको छ । सेवाग्राहीले ‘प्रभु पे’ वालेट मार्फत घरमै बसी बसी विदेशबाट पठाएको रेमिट्यान्स पाउने भएका हुन्।

हाल लकडाउनकाे परिस्थितिमा नगद काराेबारभन्दा वित्तीय कारोबार गर्न उपयुक्त हुने भएकाले प्रभु ग्रुपले ‘प्रभु पे’ एप्स सञ्चालनमा ल्याएकाे हाे । जसले बिना शुल्क ग्राहकहरूकाे विभिन्न समस्याकाे समाधान गर्ने कम्पनीले जनाएकाे छ ।

प्रभु ग्रुपले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै ल्याएकाे यस वालेटबाट घरमै बसी बसी सबै प्रकारका भुक्तानीहरू गर्न सकिने छ । जस्तै, मोबाइलको रिचार्ज, खानेपानी, बिजुली बत्ती, इन्टरनेट, टिभीहरुका बिलहरु घरमै बसेर यो वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ ।

यससँगै विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ । जसकाे लागि कुनै शुल्क नलाग्ने गुप्रले जनाएकाे छ ।

उक्त सेवाकाे लागि सेवाग्राही आफ्नाे माेबाइलमा ‘प्रभु पे’ एप्स डाउनलोड गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.