कोरोना अपडेट : इटालीमा भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार

  २०७६ चैत १७ गते १३:४१     विकासन्युज

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७ सय ५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७ सय ७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६ सय ८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १ सय ७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८ सय ३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार १ सय १० पुगेका छन् । यहाँ १४ हजार ७ सय ९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा २ हजार ४ सय ८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौं नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर ७ लाख २३ हजार ३ सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९ सय ९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४ सय ७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।इरानमा यस सङ्क्रमणका कारण २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३ सय ९ जना सङ्क्रमित रहेका छन् । १२ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५ सय ४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४ सय ३५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २ सय ११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १ सय ७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २ सय २८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६ सय ५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५ सय जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय व्यक्तिको मृत्यु भएको छ । १४ हजार ८ सय २९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५ सय ९५ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट ७ सय ७१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । यसैबीच २ सय ५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा सङ्क्रमणको कारण ४ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ३६ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ३ सय ५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५८ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ६ सय ६१ सङ्क्रमित भएका छन् । ५ हजार २ सय २८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १ सय ३१ मृत्यु भएको छ । ९ हजार २ सय १७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै ८ हजार ७ सय ८८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट १ सय ३६ मृत्यु हुनुको साथै चार हजार २ सय ५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १ सय १० मृत्यु हुनुको साथै तीन हजार ७ सय सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १ सय १९ मृत्यु भएको छ । ५ हजार ९ सय ६२ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३ सय २० सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३ सय ९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । १ हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५ सय ९७ सङ्क्रमित भएका छन ।

त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.