कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु

  २०७६ चैत १७ गते १३:०४     विकासन्युज

काठमाडौं । कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीकाे मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएको उनको आज मृत्यु भएको हो ।

उनलाई  हिजाे उच्च ज्वराे आएर अस्पताल भर्ना गरिएको थियो  । धादिङका घर भएका उनकाे डाक्टरले काेराेनाकाे आशंकामा नमुना संकलन गरी परीक्षणाका लागि पठाइएकाे थियाे ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हिजो अस्पतालमा भर्ना भएका उनलाई उच्च ज्वरोका कारण आइसीयूमा राखेकाे बताए ।  उच्च ज्वरो भएको कारण मात्र उनकाे कोरोना परीक्षणका लागि नमुना पठाइएको विकासन्यूजलाई बताए ।

उनको कोरोना परीक्षणका लागि नमुना पठाइएकोको उनले बताए । कोरोना लागे नलागेको भने पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.