केही दिनदेखिकाे भाइरल तस्वीर, प्रहरीले भन्याेः छानविन गर्दैछाैं

  २०७६ चैत १७ गते १२:०३     विकासन्युज

काठमाडौं । एकजना सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले उक्त विषयलाई गम्भीरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जनाएको हो ।

‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वराधारणलाई ग्यासकाे सिलिण्डर बाेकाएर सडकमा बसाएकाे तस्वीरकाे सम्बन्धमा सबैबाट प्राप्त भएकाे सुझाव, गुनासाेलाई प्रहरी  प्रधान कार्यालयले गम्भीरताका साथ लिएकाे र  आवश्यक छानबिन भइरहेकाे जानकारी गराउँदछाैं,’ सूचनामा भनिएकाे छ ।

के हो घटना ?

कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । त्यसको उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही गर्दै आएको छ ।

‘लकडाउन’ उल्लघंन गर्दै बिनाकाम सडकमा हिँडिरहेका एक व्यक्तिलाई कारवाही स्वरुप ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर केहीदिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको  ।

कारवाहीको नाममा ‘अमानविय व्यवहार’ गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको कडा आलोचना भइरहेको छ भने ती प्रहरी अधिकारीमाथि कारवाही हुनपर्ने आवाज उठिरहेको छ । त्यही तस्वीर हेर्दै प्रहरी प्रधान कार्यालयले पनि त्यस्तो काम गर्ने प्रहरी अधिकारीलाई कारबाही हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.