जब अर्थतन्त्र गिरावटकाे चिन्ताले जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

  २०७६ चैत १७ गते ११:१५     विकासन्युज

काठमाडाैं । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५४ वर्षीय उनले अर्थतन्त्रकाे तनाव तथा चिन्ताले आत्महत्या गरेका हुन् । काेराेना भाइरस महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि  उनले आत्महत्या गरेकाे बुझिएकाे छ ।

महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे ।

जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.