धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु, दैनिक १२ सय परीक्षण हुने

  २०७६ चैत १७ गते १०:११     विकासन्युज

काठमाडौं । धरानको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । गत आइतबारबाट कोरोना परिक्षण सुरु भएको हो ।

सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।

अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए ।

कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराएका थिए । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.