गाडी आयातमा लगाएको प्रतिबन्धकाे असर कम पर्ने

  २०७६ चैत १७ गते ९:४१     विकासन्युज

नेपालमा साढे चार करोड पर्ने ‘ल्याण्ड क्रुजर’ गाडी । जुन विश्वभर १ करोड यूनिट बिक्री भएकाे टाेयाेटाले जनाएकाे छ ।

काठमाडौं । सरकारले महँगा गाडी आयातमा प्रतिबन्द लगाए पनि अटोबजारमा त्यसको प्रभाव बजारमा नपर्ने जानकारहरु बताउँछन् ।

अर्थमन्त्री युवराज खतिवडाले आईतबार पत्रकार सम्मेलनमा ५० हजार डलरभन्दा बढी माथिको सवारी आयातमा रोक लगाइएको बताएका छन् । साथै सरकारले, मरिच, सुपारी, छोकडा, केराउ, मदिरा आयातमा रोक लगाइएको र सुन दैनिक २० किलो आयात गर्न मिल्ने व्यवस्था संशोधन गरी दैनिक १० किलोग्राम मात्र आयात गर्न सकिने व्यवस्था गरेको बताएका थिए ।

अन्य बस्तुको आयातमा नियन्त्रणको प्रभाव बढी देखिए पनि महँगा गाडी आयातमा गरिएको प्रतिबन्धले कुनै असर नपर्ने बताइएको छ । ५० हजार डलरमा आयात गरेको गाडी नेपाली बजारमा ३ करोड रुपैयाँ भन्दा बढी पर्ने भएकोले यस्तो गाडी आयातमा गरिएको प्रतिबन्दले बजारमा खासै असर नपर्ने नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् ।

‘१० हजार डलर भन्दा कम मुल्यमा आयात भएको गाडीको व्यापारमा समेत व्यापक गिरावट देखिएको समयमा ५० हजार डलर भन्दा बढी मूल्यमा आयात भएका गाडी अहिले बिक्री पनि हुुँदैन । सरकारले गरेको यस निर्णयले बजारमा ठूलो असर पनि गर्दैन’ अध्यक्ष दुलाल भने ।

सरकारी निर्णयसँगै टोयटाको प्राडो, ल्याडकुजर, हाइरेन्जका मर्सिडिज, अडि, हम्बर, पजेराे, पाउली, रेष्टा लगायत उच्च वर्गले प्रयोग गर्ने विलासिताको गाडी आयात बन्द हुने तर सर्वसाधारण र उत्पादनशिल उद्यमीले किन्ने गाडीमा कुनै समस्या नहुने उनले बताए ।

विश्व बैंक, एशियाली विकास बैंक, जाइका, डिएफअाइडी,  कुटनीतिक नियाेगहरूले यस्ता महँगा गाडी बढी खरिद गर्ने भएकाेले उनीहरूकाे दवावका लागि सरकारले फरक नीति लिनसक्ने जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.