सरकारकाे महत्वपूर्ण ३० वटा निर्णयहरूः घरभाडा छुटदेखि महँगा गाडी आयातमा राेकसम्म (भिडियाेसहित)

  २०७६ चैत १६ गते २३:०६     विकासन्युज

काठमाडौं । सरकारले लकडाउन अवधि बढाएर चैत २५ गतेसम्म पुर्याएको छ । अन्तराष्ट्रिय नाकाहरु पनि चैत २५ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

स्थानीय तहले राहत दिनुपर्ने व्यक्तिहरुको सूचि तयार गर्ने र उनीहरुलाई राहात दिने व्यवस्था गरिएको अर्थमन्त्रीले बताए । यसरी दिइएको राहातको स्रोत स्थानीय तह तथा प्रदेशले कोष सिर्जना गर्ने र केन्द्रले आवश्यकता अनुसार सहयोग गर्ने अर्थमन्त्रीले बताए ।

सरकारले सुत्केरी, बालबच्चा, दीर्घरोगीको सुरक्षामा विशेष ध्यान दिने जनाएको छ ।

पूर्ण रुपमा बन्द भएका उद्योगहरुले पनि कर्मचारीलाई चैत महिनाको तलव दिनुपर्ने निर्णय गरेको छ ।

चैत महिनामा श्रमिक र रोजगारदाताले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने पैसा सरकारले हाल्ने निर्णय भएको छ ।

खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले बेच्ने खाद्यन्यकाे मूल्यमा १० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा शुल्कमा २५ प्रतिशत छुट गर्नु पर्ने भएको छ ।

मासिक १२५ युनिटसम्म विद्युत खपत गर्नेलाई २५ प्रतिशत छुट दिन सरकारले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

त्यस्तै, विद्युत, खानेपानी, फोनको पैसा बैशाखसम्म तिर्दा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरिएको छ ।

उत्पादन मुलक उद्योगलाई ३० देखि ५० प्रतिशत विद्युत महशुलमा छुट प्राधिकरणलाई निर्देशन दिएको छ ।

सामुहिक क्वारेन्टाइनमा बस्नेहरुलाई लाग्ने खाना खर्च सरकारले बेहोर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचारमा संलग्न, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी, एम्बुलेसन्स चालक, सुरक्षामा प्रत्यक्ष रुपमा संलग्न सुरक्षाकर्मीलाई २०७७ असार मसान्ससम्मको लागि निःशुल्क २५ लाख रुपैयाँसम्मको बीमा र क्षतिपूर्ति दिने व्यवस्था राज्यले गर्ने निर्णय गरिएको छ ।

निजी क्षेत्रका हस्पिटलहरुले चैत मसान्तसम्म विरामीलाई लिन शुल्कमा २० प्रतिशत छुट दिने भनिएको छ । निजी विद्यालयले माविसम्मका विद्यार्थीहरुको लागि एक महिनासम्मको लागि आवासीय शुल्क बाहेकका अन्य सबै शुल्कमा मिनाह गर्नु पर्ने भएको छ ।

सहरी क्षेत्रमा बसोबास गर्ने असंगठिन श्रमिकहरुलाई एक महिनाको घर बहाल कर छुट दिन सरकारले घरधनीलाई अनुरोध गरेको छ । यसरी मिनाह गएिको रकममा वहाल कर नलिने सरकारले घोषणा गरेको छ ।

अत्यवश्यक स्वास्थ्य सामाग्री आयात गर्दा भन्सार कर माफि गर्ने निर्णय भएको छ ।

उद्योगी व्यवसायीलाई कर तिर्नु पर्ने समय पर सारिएको छ ।

चैत २५ गतेसम्म बुझाउनु पर्ने भ्याट रकम २०७७ बैशाख २५ गतेसम्म बुझाउन सक्ने गरी एक महिना समय थप गरिएको छ । त्यस्तै, अग्रिम आय कर बुझाउने म्याद एक महिना थप गरी २०७७ बैशाख ३० गतेसम्म बुझाउदा हुने भएको छ ।

कोरोना महामारी रोगथाम तथा नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको रकमलाई निजी क्षेत्रले खर्चमा देखाउन पाउने र त्यसमा कर छुट पाउने व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन् ।

पुर्नकर्जा कोष ६० अर्ब बनाइएको छ ।

कोरोना प्रभावित ऋणिले चैत मसान्तमा बुझाउनु पर्ने रकम असार मसान्तसम्म बुझाउन पाउने भएका छन् ।

औषधी तथा अन्य अत्यावश्यक सामाग्री आयात गर्दा टीटी मार्फत आयात गर्ने सामानको मूल्य सीमा ३० हजार डलरबाट १ लाख डलर बनाइएको छ ।

दैनिक सुन आयात २० किलोबाट १० किलोमा सीमित गरिएको छ ।

५० हजार डलरभन्दा बढी माथिको सवारी आयातमा रोक लगाइएको छ । मरिच, सुपारी, छोकडा, केराउ, मदिरा आयातमा रोक लगाइएको छ ।

कम्पनी रजिष्ट्ररमा बुझाउने रिपोर्ट बैशाख मसान्तसम्म बुझाउन पाउने गरी एक महिना थप गरिएको छ । वाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभागमा बुझाउनु पर्ने रिपोर्ट पनि बैशाख ३० सम्म बुझाउन पाउने व्यवस्था गरिएको छ ।

श्रम स्वीकृति लिएका, विदेशबाट फर्किएका बेराेजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट परिचालिन गर्ने व्यवस्था गरिएको छ ।

उखु किसानलाई दिन बाकी रकम बैशाख मसान्त भुक्तानी गरिसक्नु पर्ने निर्णय भएको छ ।

ठेक्का पट्टा लगायत सार्वजनिक खरिदका प्रक्रिया सुरु भएका सबै कार्यको लागि थप एक महिना थपिएको छ ।

उल्लेखित कार्य गर्न सरकराले बार्षिक बजेटबाट केही रकम रकमान्तर गर्ने भएको छ । त्यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोष लगायतका कोषहरुको रकम पनि प्रयोग गरिने छ । विश्व बैंकबाट ३ अर्ब ४८ करोड ऋण, अन्तराष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ९ करोड निव्याजी ऋण लिने, एशियाली विकास बैंक ५० मिलियन डर सहयाता लिने निर्णय सरकारले गरेको अर्थमन्त्री युवराज खतिवडाले आईतबार राती जानकारी दिएका हुन् ।

सरकारकाे राहत प्याकेजः खाद्यान्नमा छुटदेखि विद्युत महसुल कम गर्नेसम्मअर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा

Posted by Bikashnews.com on Sunday, 29 March 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.