अब विदेशबाट महँगाे गाडी र मदिरा ल्याउन नपाइने

  २०७६ चैत १६ गते २२:१६     विकासन्युज

काठमाडौं । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले महँगाे गाडीमा अायात राेक लगाएकाे बताएका हुन् । यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाइउने निर्णय गरेको छ।

सरकारले अब मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको डा. खतिवडाले बताए । सरकारले याे लगायत विभिन्न महत्वपूर्ण निर्णयहरू गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.