अब भाडामा बस्नेले एक महिनाकाे भाडा तिर्नु नपर्ने

  २०७६ चैत १६ गते २१:४४     विकासन्युज

काठमाडौं । सरकारले असंगठित क्षेत्रका मानिसहरु बसोबास गरिरहेका घरका घरधनीलाई एक महिनाको घर बाहल छुट दिन आग्रह गर्ने निर्णय गरेको छ। यसका लागि घरधनीले तिर्नुपर्ने घरबहाल करमा छुट दिने निर्णय सरकारले गरेको हाे।

असंगठित क्षेत्रका दैनिक ज्यालादारीलाई स्थानीय तहले राहत दिने परिवारको लगत तयार गर्ने र स्थानीय तहले दैनिक खाद्यान्न पुग्ने गरी लकडाउन अवधिभरका लागि राहात दिने निर्णय पनि सरकारले गरेको छ।

प्रत्येक स्थानीय तह र प्रदेशले आफ्ना कोष खडा गरी राहत दिन सक्ने अपर्याप्त भएमा नेपाल सरकारले राहत दिन सक्ने निर्णय पनि सरकारले गरेको छ। आइतबार साँझ बसेको मन्त्रपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.