इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने सरकारकाे घोषणा

  २०७६ चैत १६ गते २१:३८     विकासन्युज

काठमाडाैं । सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषको बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवा प्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.