कुनै लक्षण नदेखाएको डाक्टरबाट एक महिलामा कोरोना संक्रमण

  २०७६ चैत १६ गते १८:५७     विकासन्युज

काठमाडौं । चीनमा कोरोना लागेर पनि कुनै लक्षण नदेखाएको एक व्यक्तिबाट एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

चीनको हेनान प्रदेशको एक महिलामा कुनै लक्षण नदेखाएको व्यक्तिबाट कोरोना संक्रमण भएको पुष्टि भएका हो ।
एक लाईब्ररीमा सरसफाईको काम गर्न ५९ वर्षिय उक्त महिला

उनले मार्च २१ मा एक अस्पतालमा कार्यरत उनको साथीसँग बसेर खाना खाएपछि गत मंगलबार उनमा कोरोनाको लक्षण देखिएको थियो ।

स्वास्थ्यकर्मीहरु शारिरक स्वास्थ्य जाँच्ने क्रममा डाक्टर जाङलाई कोरोना भएको पुष्टि भएको थियो । यद्यापी उनले कोरोनाके कनै लक्षण नदेखाएको चीनको अनलाईन पत्रिका ग्लोबल टाईम्सले जनाएको छ ।

यस्तै डाक्टरको सहकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुले अर्का एक सहकर्मीसँग बसेर खाना खाएका थिए ।

तेस्रो सहकमी कोरोनाको उच्च जोखिम भएको अवस्थामा वुहान गएको ग्लोबल टाईम्सले उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.