महासंघकाे सरकारलाई ५० लाख रुपैयाँ नगद र डेढ कराेड बराबरकाे सामान सहयोग

  २०७६ चैत १६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको हो ।

आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइन् । अध्यक्ष राणाले महासंघले ५० लाख नगदसँगै डेढ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री र खाद्यान्न सहयोग गर्ने बताइन् ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राणासँगै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठ उपस्थित भएका थिए ।

हाल महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने बताएकाे छ । आफ्नो देशैभर रहेको संजालमार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरिरहेकोे बताएको छ ।

महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण पिपिई हस्तान्तरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.